वासिंटन, फागुन २६ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको भाषण पुनः विवादास्पद बनेको छ ।
जातिवादी र मुर्खतापूर्ण भाषणका कारण यसको असर विश्वमा पर्न सक्ने भन्दै युरोप, मध्यपूर्व, ल्याटिन अमेरिका र एशियाका कयौं राष्ट्रले विरोध गरेका छन् । उनीहरुले यस्तो प्रचार प्रसार रोक्न अमेरिकालाई चेतावनी पनि दिएकाछन् ।
भारत, जापान, मेक्सिको र दक्षिण कोरियालगायतका राष्ट्रले ट्रम्पको भाषणप्रति आपत्ति जनाउँदै प्रचारप्रसार रोक्न चेतावनी दिएको बताइएको छ । पछिल्लो समय ट्रम्पलाई अन्य देशको घरेलु मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिइएको छ ।
यद्यपी ट्रम्पले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । ट्रम्पका समर्थकहरुले भने उनको शक्तिसँग डराएका राष्ट्रहरुको चेतावनी भनी टिप्पणी गरेका छन् । (एजेन्सी)
प्रकाशित मिति : २०७२ फागुन २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्