27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७२  

सल्यान २६, फागुन 

सल्यानमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । 

राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे सडकखण्डको मोखला नजिक रा ३ प ४९८ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको हो ।

रारेचौरबाट खलङ्गातर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भई सडकबाट करिब १०० मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डिसीलाई उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खलङ्गामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रासस

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७२     1:15:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *