20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२  

केशव राना
कोहलपुर, फागुन २०
बाँकेको गनापुर २ पिप्रहवा चोकमा २० फागुनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको ज्यान गएको छ । दिउँसो साढे १२ बजे नेपालगञ्जबाट कोहलपुर आउँदै गरेको ट्रकले सडक क्रसिंङ्ग गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नपा ५ का २२ वर्षिय श्यामलाल गुप्ता र नेपालगञ्ज ५ का २५ वर्षिय अनिल नेपालको मृत्यु भएको हो ।
ठक्करबाट घाइते उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
भे ५ प ७८०७ नम्बरको मोटरसाइकल र बा ३ ख ९२७४ नम्बरको ट्रकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२     1:33:21 PM  |