24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बालबालिकालाई शैक्षिक सामग्री वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२  

कोहलपुर, फागुन २०
बाँकेको विकट क्षेत्रको रुपमा परिचित बैजापुर गाविसको परशरामपुर–९ मा स्थापना गरिएको प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई बाँके युनेस्को क्लबले ब्याग, पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालय बाँकेका स्रोत व्यक्ति विष्णु शर्मा र बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी लगायतले बालबालिकालाई एक थान ब्याग, १० वटा कपी, ४ वटा पेन्सिल, एक कटर तथा एक जोर विद्यालय पोशाक वितरण गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति शर्माले साना साना बालबालिकाका लागि संचालन गरिएको केन्द्रलाई यस वर्षबाट सरकारी मान्यताका लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२     12:14:31 PM  |