आमाले दुई छोरीलाई खुवाइन् विष



बर्दिया, फागुन २०
बर्दियाकी एक महिलाले आफुसँगै दुई नावालक छोरीलाई पनि विष खुवाएर हत्या प्रयास गरेकी छन् । धधवार गाविस वडा नं ८ की किसीता चौधरीले आफुसहित २ छोरीलाई विष खुवाएकी हुन् । विष सेवनका कारण ४ वर्षीया छोरी गंगा चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी नेत्रमणी गिरीले जानकारी दिए । आमा किसीता र अर्की छोरी जमुना सिकीस्त छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानियबासीले उनीहरुलाई बेहोसी अवस्थामा अस्पताल पुर्याएका थिए ।
घरमा कोही नभएको मौका छोपेर आमाले आफुसहित छोरीहरुलाई विष खुवाएको बताइएको छ । । आमाले किन विष सेवन गरिन र गराइन सो बारे केही खुल्न नसकेको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको
छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २० गते बिहीबार