20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुआहार कार्यक्रम उपलब्धिमुलक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२  

कोहलपुर, फागुन २०
बाँकेमा सञ्चालित एक वर्षे सुआहारा कार्यक्रम उपलब्धि मुलक भएको एक कार्यक्रममा बताइएको छ । सुआहारा कार्यक्रमले एक बर्षे कार्यक्रमको आज समिक्षा तथा समापन गोष्ठि कार्यक्रमको आयोजना गरी एक बर्षेमा गरेका कार्य र त्यसबाट प्राप्त उपलब्धिहरुका विषयमा समिक्षा तथा समापन गोष्ठीको आयोजना गरी उक्त कुरा बताएको हो ।
एक बर्ष सुआहारा कार्यक्रम अन्तरगत बाँके वडाहरुमा वडा स्तरीय अन्तरक्रिया, पोषण खाना प्रर्दशनी, आयोडिनको महत्व, कृषि अन्तरगत कार्यक्रम, ग्रामिण महिलाका लागि नेतृत्व विकास तालिम, कृषकलाई कुखुरा वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरेको र ती सञ्चालन भएका कार्यक्रमहरुको उपलब्धि मुलक भएको सुआहारा कार्यक्रमका संयोजक विकास देउजाले जानकारी गराए । नेपाल सरकारले बहुक्षेत्रिय पोषण योजनालाई सार्थक दिन नेपालको बाँके सहित ४१ जिल्लामा काम गरिरहेको कार्यक्रम संयोजक देउजाको भनाई छ ।
कार्यक्रममा सुआहाराले एक बर्षको बजेट १ करोड २९ लाख ९१ हजार ५ सय ८३ रहेकोमा सुआहाराले एक बर्षभित्र १ करोड २३ लाख ८२ हजार ९ सय ३७ खर्च गरेको छ । सुआहारा कार्यक्रम अन्तरगत स्वास्थ्यमा ८६ लाख ८२ हजार ९ सय ३०, सरसफाईमा १ लाख ३७ हजार ८ सय ७९, घरायसीमा १ लाख ७ हजार ३१ सय २०, सामाजिक परिचालन तर्फ १ लाख २४ हजार ३४ सय २४ खर्च भएको प्रतिवेदनमा पेश गरेको छ ।
समिक्षा तथा समापन कार्यक्रमको अध्यक्षता जिल्ला विकास समिति बाँकेका वरिष्ठ कार्यक्रम अधिकृत सरद पौडेलले गरेको कार्यक्रममा भिडिओ प्रर्दशन तथा एक बर्षे कार्यक्रममा योगदान पु¥याएको व्यक्तिलाई कदरपत्र दिएर सम्मान गरिएको थियो । सुआहारा कार्यक्रम बाँकेमा २०७२ बैशाख देखि सुरु भएको थियो भने कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुगमन अधिकृत अंगद बहादुर शाहीले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२     12:10:51 PM  |