गैंडा बर्दिया निकुञ्जमा छाडियो 



बर्दिया निकुञ्जमा छाडियो एउटा गैंडा

फागुन १९

बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा आज गैँडा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एउटा गैँडा बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको बर्दिया निकुञ्जले जनाएको छ । आज विशेष कार्यक्रम गरेर वन मन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेलको उपस्थितिमा एउटा गैँडा बबई उपत्यकामा छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

रत्न राजमार्गमा पर्ने बबई पुल नजिक चेपाङ्ग बस्तीबाट झण्डै ६ किलोमिटर दक्षिणपश्चिम क्षेत्रको बबई उपत्यकामा गैँडा छोडिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो । आज तीन वटा गैँडा स्थानान्तरण गरिने भनेपनि एउटा मात्र गैँडा छाडिएको हो । नेपाल सरकारको निर्णय अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा १५ वटा गैँडा स्थानान्तरण गरिनेछ । फागुन २२ गते थप दुई र फागुन मसान्तभित्र ५ वटा गैँडा ल्याइने निकुञ्जले जनाएको छ । बाँकी क्रमबद्ध रुपमा ल्याइनेछ ।

बर्दिया निकुञ्जमा अहिले २९ गैँडा रहेको तथ्यांक छ । यसअघि पटकपटक गरी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ७० गैँडा बबईमा र १३ गैँडा कर्णाली नदी तटीय क्षेत्रमा छाडिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १९ गते बुधबार