20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णाली रोजगार कार्यक्रम प्रशिक्षण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७२  

हुम्ला, फागुन १९ गते । कर्णाली रोजगार कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला रोजगारीका लागि सोमबार यहाँ एक प्रशिक्षण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।जिल्ला विकास समितिको आयोजनामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्णाली क्षेत्र विकास एकाइ, सिंहदरबार काठमाडौँबाट सो गोष्ठी भएको हो ।

हुम्ला जिल्लाका २७ गाविसका सचिव एवम् सामाजिक परिचालकले दुईदिने प्रशिक्षण कार्यशाला गोष्ठीमा भाग लिएका थिए । हुम्ला जिल्लाका गाविसमा कर्णाली रोजगार कार्यक्रममा सिँचाइ, खानेपानी, फलफूल, जलविद्युत्, मोटरबाटो, तरकारीखेती, जडीबुटी उत्पादन, आयआर्जन, सीप विकास, पुलपुलेसा, नर्सरी, कुलोलगायत गरी २६ योजना छनोट गरी आव २०७१÷७२ सालमा सम्पन्न भएका योजनालाई रकम प्रदान गरिएको विवरण सदस्य सचिव एवम् जिल्ला इन्जिनियर सरोज भण्डारीले प्रस्तुत गर्नुभयो ।

स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत डा डिजन भट्टराईले कर्णाली अञ्चलका पाँच जिल्लामा कर्णाली रोजगार कार्यक्रम बेरोजगार, विपन्न घरधुरीलाई श्रम गरेर गरिबीबाट उकास्न सरकारले कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले कर्णाली अञ्चलका जनता पछाडि परेकाले सरकारले कर्णाली रोजगार कार्यक्रम लागू गरेको जानकारी दिनुभयो ।

निमित्त स्थानीय विकास अधिकारी लक्ष्मी घिमिरेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । रासस

प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७२     3:34:47 PM  |