बाँके , फागुन १९ गते । मध्य तथा सूदूरपश्चिमाञ्चलको प्रमुख केन्द्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा पहिलोपटक मुटुरोग कार्डियोलोजी सेवा सुरु भएको छ ।
अस्पतालमा कोठामा कार्डियोलोजी सेवाको ओपिडी कक्ष सञ्चालन गरिएको हो । अस्पतालमा पहिलोपटक मुटुरोग विशेषज्ञ डा। कृष्णप्रसाद अधिकारी आएपछि सेवा सुरु गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा। श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
नेपालगन्जमै मुटुरोगसम्बन्धी सेवा पाउने भएपछि यहाँका सर्वसाधारणलाई सहज हुनेछ । साथै विपन्न समुदायका बिरामीलाई उपचारका लागि नेपालगन्ज बाहिर जाने झन्झटबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ । रासस
प्रकाशित मिति : २०७२ फागुन १९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्