कोहलपुुर, फागुन १९
पशुपंक्षी विकास राज्य मन्त्री नरदेवी पुन मगरले नेपालगञ्ज दुग्ध वितरण आयोजनाको क्षमता बढाउन लागिपरेको बताएकी छन् । मंगलबार आयोजनाले गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा राज्य मन्त्री मगरले आयोजनाको क्षमता वृद्धिको पहल भइरहेको बताएकी हुन् । उनले धेरै भन्दा धेरै किसानलाई समेट्नुपर्ने तथा गुणस्तरीय दुध उत्पादनका लागि लागिपर्नुपर्ने बताइन् ।
यस्तै पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्ण चन्द्र पौडेलेले संस्थानको क्षमता वृद्धिका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेपालगञ्ज दुग्ध वितरण आयेजनाका प्रमुख गोविन्दराज जोशीले संस्थाको क्षमता वृद्धिका लागि सहयोग गर्न सरकारलाई अपिल गरेका छन् । कार्यक्रममा दुग्ध विकास संस्थान नेपालगञ्ज दुग्ध वितरण आयोजनाको प्रगति प्रतिवेदन प्रमुख जोशीले पेश गरेका थिए ।
प्रकाशित मिति : २०७२ फागुन १९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्