महाधिवेशनमा भाग लिन विभिन्न मुलुकका प्रतिनिधि आउँदै



काठमाडौँ, फागुन १८ गते । नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकह यहाँ आउने भएका छन् ।

विहारका मुख्यमन्त्री नितीश कुमार, बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला लगायत महाधिवेशनमा सहभागी हुने काँग्रेस अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले बताउनुभयो ।

महाधिवेशनमा लाओस, कम्बोडिया तथा भारतका विभिन्न दलका नेताले पनि महाधिवेशनमा सहभागिता जनाउने जानकारी दिएको उहाँले बताउनुभयो । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेता लगायत नेपाली काँग्रेसका शुभेच्छुक प्रतिनिधि राजधानी आउने नेत्री कोइरालाले जानकारी दिनुभयो । काँग्रेसको महाधिवेशन यही फागुन २० गतेदेखि यहाँ हुँदैछ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १८ गते मंगलबार