सल्यान, फागुन १८ गते। जिल्लाको २२औँ परिषदमार्फत आर्थिक वर्ष २०७३÷७४ का लागि रु दुई अर्ब ३१ करोड ४४ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ ।
पुँजीगततर्फ रु एक अर्ब २१ करोड ५१ लाख ११ हजार र चालु खर्चतर्फ रु एक अर्ब आठ करोड ९ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । स्थानीय विकास अधिकिारी रामचन्द्र पौडेलका अनुसार बजेटमा सडकले छुन नसकेका गाविसमा सडक पु¥याउने र सडक पुगेका गाविसमा स्तरोन्नतिको कामलाई प्राथमिकता दिइएको छ ।
यस्तै ग्रामीण कृषि सडकको स्तरोन्नति, खानेपानी योजना निर्माण तथा सिँचाइ कुलो निर्माणलाई प्राथमिकता दिइएको छ । परिषदबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेल र स्थानीय तहल्का एफएमका पत्रकार डिल्लीराज रावत सम्मानित भएका छन् । रासस
- No tags available
प्रकाशित मिति : २०७२ फागुन १८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्