27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

ग्यान्सले नेपाली नयां वर्ष भव्य रुपमा मनाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२  

के सी शेर अष्टिन टेक्सास/

टेक्सास नेपाली नयां वर्ष २०७३ को अवसरमा ग्रेटर अष्टिन नेपाली सोसाईटी (ग्यान्स)ले टेक्सासको अष्टिनमा बिभिन्न कार्यक्रम गर्ने भएको छ । आउँदो अप्रिल २ तारिख शनिबारका दिन अष्टिन स्थित सिटि पार्कमा बनभोज र मनोरञ्जन सहितको भव्य कार्यक्रम गर्न लागेको सोसाइटीले नयां वर्ष कप भलिवल र फुटवल प्रतियोगिता पनि गर्ने भएको हो ।
गत वर्ष पनि नेपाली नयां वर्षको अवसरमा वनभोज तथा खेलकुद कार्यक्रम गरेको ग्यान्सले यस वर्ष अझै व्यवस्थित र भव्य भनाउन लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष गेहेन्द्र के सीले बताए । भलिवल र फुटवलका शुरुवाती खेलहरु भने कार्यक्रम अगाबै हुने भएका छन् जसमा आउंदो मार्च २७ मा फुटवल प्रतियोगिताको शुरुवाती चरणको प्रतिस्पर्धा हुनेछ ।
गत वर्ष सबै खेलकुद कार्यक्रम एकै समय र एकै दिनमा गरेकोले सबै खेल हेर्न चाहनेका लागी केही खल्लो महसुस भएपन यस बर्ष भने भलिवल र फुटवलका फाइनल खेल मात्रै वनभोजका दिन अलग अलग समयमा हुने भएका छन् । प्रतियोगितामा सहभागिता जनाउनेले आउंदो मार्च २० तारिख सम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने सोसाइटीले जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन पनि ग्यान्सले अष्टिनवासी नेपाली सबैलाई आग्रह गरेको छ ।
अमेरीकामा व्यस्त जिवनका बावजुत यस्ता कार्यक्रमले नेपाली नेपालीमा भाइचारा तथा सहयोग सदभावको भावना बढाउने विश्वास गरिएको छ । गत वर्षको कार्यक्रममा करिब १ हजार भन्दा बढी नेपाली सहभागी भएकोमा यस वर्ष त्यो भन्दा दोब्बर नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
बिहान ९ बजे देखी सांझ ७ बजे सम्म चल्ने कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुनेछन् । १० वर्ष भन्दा मुनिका बालवालिका तथा ६५ वर्ष भन्दा माथिका बृद्द बृद्दाहरुलाई निःशुल्क प्रबेश गर्न पाइने छ भने अन्यको हकमा भने टिकट शुल्क १० डलर रहेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२     12:55:41 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *