20 May 2022  |   शुक्रबार, जेष्ठ ६, २०७९

पाइलट न्यौपानेको अन्त्येष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

 

कोहलपुर– फागुन १६
जहाज दुर्घटनामा ज्यान गुमाएका नेपालगन्ज–१६ कोरियनपुरका २९ वर्षीय पाइलट दिनेश न्यौपानेको आज अन्तिम संस्कार गरिएको छ । काठमाण्डौबाट ‘अटप्सी’ परिक्षणपछि शब नेपालगन्ज ल्याएलगत्तै आजै बाँकेको कम्दीस्थित सिधनियाँ घाटमा न्यौपानेको अन्त्यष्टि गरिएको हो ।
जुम्लाका लागि उडेको नाइन एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा शुक्रबार कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालक न्यौपाने सहित सहचालक सन्तोष रानाको पनि मृत्यु भएको थियो । २९ वर्षीय स्वर्गीय न्यौपानेको शव कोरियनपुरस्थित निवासमा पु¥याएलगत्तै श्रद्धाञ्जली दिन सर्वसाधरण तथा शुभेच्छुकहरुको ठूलो घुइँचो लागेको थियो ।
सर्वसाधरणले आफू मरेर अरुलाई बचाएका साहसिक पाइलट स्वर्गीय न्यौपानेको जयजयकार गरेका थिए । न्यौपानेको शव राखिएको बसको दायाँबायाँ र मलामी सवार मोटरसाइकलमा ‘आफू मरेर अरुलाई बचाउने क्याप्टेनलाई सलाम छ’ शव्द लेखिएका स्टीकर टाँसिएका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     6:38:35 PM  |