जाजरकोट, फागुन १४ गते । लुकाई–छिपाई बिक्री वितरण गर्नका लागि लाँदैगरेको चरेशसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्की गाउँ गाविस वडा नं ३ का २८ वर्षीय सहवीर खत्रीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । जाजरकोट सदरमुकामबाट राकमतर्फ जाँदै गरेको अवस्थामा मटेला चेक प्वाइन्टमा एक किलो ९०० ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
त्यस्तै, जिल्लाको सीमा गाविस वडा नं ९ स्यापीमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रहरीले सुर्खेत घोरेटा गाविस वडा नं २ का ५४ वर्षीय रिके खत्री र बजेडीचौर गाविस वडा नं ५ बस्ने ६० वर्षीय भद्रबहादुर सिंहलाई पाँच किलो ३०० ग्राम लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति : २०७२ फागुन १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्