22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

ओबामाले राष्ट्रपति छोड्ने खबरले विह्वल भइन् बालिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२  

(

अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ह्वाइट हाउस’ छोड्ने समाचार सुनेर दुखी भएकी एक बालिकालाई उनले सम्बोधन गरेका छन्।

ओबामाको पदावधि समाप्त हुन लागेको खबर सुनेर ती बालिका रोएको भिडियो अहिले अमेरिकामा ‘भाइरल’ बनेको छ। कार्पिना डि ह्यारिसले फेसबुकमा पोष्ट गरेको भिडियोमा ती बालिका रोइरहेको देख्न सकिन्छ।

कार्पिनाले आफ्नो ‘ड्रानबेबी’को जन्मदिन पनि अगष्ट ४ मा नै भएको उल्लेख गरेकी छिन्। राष्ट्रपति ओबामाको जन्मदिन पनि यहि दिन पर्छ।

उनले फेसबुकमा लेखकी छन्, ‘उसका लागि ओबामानै जीवनभरीका राष्ट्रपति हुन्।’

यो भिडियो राष्ट्रपति ओबामासम्म पुगेपछि उनले ती बालिकालाई सम्झाउन आग्रह गर्दै कार्पिनालाई भनेका छन्,’म एकसमय ह्वाइटहाउस बसेँ, अब म पनि उनीजस्तै सामान्य नागरिक हुने छु र हामी सँगै ‘बर्थडे’ मनाउने छौं।

ओबामा पुत्री मालियाले पनि फेसबुक मार्फत् आफ्ना पिताप्रति दर्शाएको प्रेम र समर्थनका लागि धन्यवाद दिएकी छिन्।

प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२     6:53:11 PM  |