28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

मध्यपश्चिममै पहिलो पटक दाङमा ‘रेस्लीङ’ हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२  

Resling

१० फागुन, दाङ । आगामी फागुन २१ देखि दाङको घोराहीमा हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” का क्रममा रेस्लीङ खेलको आयोजना गरिने भएको छ ।

रेस्लीङ महाभीडण्त मध्यपश्चिम क्षेत्रमै पहिलो पटक आयोजना हुन लागेको हो । महोत्सव मुल आयोजक समितिका अनुसार फागुन २७ देखी २९ गतेसम्म रेस्लीङ महाभिडन्त हुनेछ ।

हिमालयन टाईगर प्रो. रेस्लीङ एशोसियसनको प्रस्तुति र उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनका लागि रेस्लीङ खेल प्रदर्शन गर्न लागिएको हो ।

भीडण्तका लागि १२ जना खेलाडीहरुको टिम दाङ आउने छन् । नेपालका पहिलो रेस्लर भरत बिसुरालले ‘हिमालय टाईगर’सँग रेस्लीङ खेल प्रदर्शनीका लागि सम्झौता भइसकेको छ ।

– See more at: http://www.onlinekhabar.com/2016/02/391624/#sthash.ewF4XhbC.dpuf

प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२     6:46:45 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *