तिलक गाउले
कोहलपुर, फागुन १०
सरकारद्वारा प्रतिबन्धित जडिबुटि झ्याउ भण्डारण गरेर राखेको आरोपमा नेपाल जडिबुटी ब्यबसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुब अन्सारी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको संयुक्त टोलीले अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीको गोदामबाट प्रहरीले ५ सय ४२ बोरा १३ हजार ५ सय ५० किलो झ्याउ प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका अन्सारी र झ्याउलाइ प्रहरीले जिल्ला बन कार्यालय बाँकेको जिम्मा लगाएको छ । सरकारले २०६७ साल देखी झ्याउ ओसारपसारमा रोक लगाएको थियो । गोदाममै राखीराखेकै अबस्थामा सरकारले एक्कासी प्रतिबन्ध लगाएका कारण झ्याउ गोदाममै थन्किएको जिल्ला बन कार्यालयको नियन्त्रणमा रहेका अध्यक्ष मोहम्मद याकुब अन्सारीले जानकारी
दिए ।
आफु संग पुरानो स्टक रहेको बताउँदै अन्सारीले आफुसंग सरकारले दिएका सबै कागजात समेत दुरुस्त रहेको जानकारी
दिए । प्रहरीले धोकापुर्ण तरिकाले आफुलाई अन्य गोदाममा समेत छापा मार्न जाने भनेर जिल्ला प्रहरी कार्यालयमा लगेको बताए । अध्यक्ष अन्सारी पक्राउ परेपछी नेपालगन्जका जडिबुटी ब्यसायीहरु आक्रोशित बनेका
छन् । बरामद गरिएको झ्याउको कागजात हुँदा हुँदै पनि पक्राउ गर्नु प्रहरीको नियत ठिक नभएको उनिहरुको भनाइ रहेको छ । यता जिल्ला बन कार्यालय बाँकेका साहायक बन अधिकृत मदन चौधरीले अनुसन्धान पकृया अगाडि बढाइएकोले अनुसन्धानपछी मात्रै सबै कुरा खुल्ने जानकारी दिए ।
पाँच बर्ष अगाडि सम्म खुल्ला रहेको झ्याउमा सरकारले एक्कासी प्रतिबन्ध लगाएपछी भण्डारण गरि राखिएको झ्याउ अलपत्र अबस्थामा पर्ने गरेको
छ । झ्याउ ओसार पसारमा प्रतिबन्ध लगाइएपछी ३ बर्ष अगाडि नै भण्डारण गरिएको झ्याउमा प्रहरी र जडिबुटी ब्यबसायीबीच जुहारी चल्दै आइरहेको छ । पक्राउ गरिएका अन्सारीलाई जिल्ला अदालतले ५ दिनका लागी थुनामा राख्नका लागि म्याद थप गरिदिएको
छ ।
प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्