फिजीमा चक्रवात, कागज झैं उडे घर (फोटो फिचर)



फिजी, फागुन १० । फिजीमा आएको शक्तिशाली चक्रवातले सयौं घर नष्ट गरेको छ भने कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ ।

देशको पश्चिमी भाग चक्रवातका कारण बढी प्रभावित भएको छ । ३२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले सो क्षेत्रका कयौं घरलाई कागज झैं उडाएको छ । घरबार विहीन भएकाहरु शिविरमा आश्रय लिएर बसिरहेका छन् ।

style=”text-align: justify;”>सो क्षेत्रमा विद्युत तथा सञ्चार सम्पर्कसमेत विच्छेद भएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले विपतमा परेकाहरुका लागि राहत उपलब्ध गराउन थालेको छ । उद्धार कार्य जारी रहेको बताइएको छ । (एजेन्सी)

 

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार