दाङ देउखुरीमा आगलागी



दशरथ घिमिरे

६ फागुन, दाङ । दाङ देउखुरी उपत्यकाको राजपुर गाविस १ स्थित यादव वस्तीमा भीषण आगलागी भएको छ । आगलागीमा परी यादववस्तीको २० घर गोठ जलेर नष्ट भएको छ ।

Dang-Mapस्थानीय मायाराम यादवको घरबाट मध्यान्ह १२ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन ।

तीव्र हावा चलेका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको छ ।

आगो निभाउन स्थानीयवासी, प्रहरी, नेपाली सेना लगायतको टोली घटनास्थलमा पुगेको छ ।

लमही नगर बिकास समितिको दमकल पनि घलनास्थलमा पुगेको छ । आगलागी भएको वस्ती नजिक पानीको स्रोत नहुँदा राप्ती नदीबाट पानी भरेर दमकल घटनास्थलमा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ६ गते बिहीबार