कोहलपुर, फागुन ५
प्रजातन्त्र दिवसको अवसर पारि फागुन ७ गतेबाट बाँकेमा अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला विकास समिति बाँकेको सहयोग बाँके जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । संघका अध्यक्ष दुर्गा बहादुर थापाका अनुसार,प्रतियोगितामा जिल्लाका २० विद्यालयले सहभागिता जनाउने भएका छन् । स्थानिय मंगलप्रसाद उच्च माविको खेल मैदानमा सो प्रतियोगिता सन्चालन हुनेछ । यस अघि कोहलपुरमा समेत प्रतियोगिता सन्चालनको तयारी गरेकोमा अन्तिम समयमा आएर स्थगित भएको छ । सो क्षेत्रबाट जम्मा तीन विद्यालयले मात्र सहभागि जनाएकाले स्थगित गर्नु परेको संघका सचिव विक्रम श्रेष्ठले बताए । उनले भने– ‘ सोचे भन्दा निकै कम विद्यालय कोहलपुर क्षेत्र आएकाले एक ठाउँमा खेलाउनु परेको हो । ’ प्रतियोगिताको तयारी तीव्र भइरहेको संघका सचिव श्रेष्ठले जानकारी दिए । उनले झन्डै ९५ प्रतिशत तयारी पूरा भएको बताए । तीन वर्ष पछि पुन यो प्रतियोगिता सन्चालन हुन लागेको हो । ठ ा
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्