लागुऔषधसहित बाबुछोरा पक्राउ



५ फागुन, दाङ । दाङमा प्रहरीले दुई किलो ५०० ग्राम लागुऔषध चरेशसहित एकै घरका बाबुछोरालाई नियन्त्रणमा लिएको छ ।

घोराही नगरपालिका–७ डुम्मरगाउँ प्रगतिटोलका ४७ वर्षीय नगेन्द्र बूढा र २३ वर्षीय छोरा ठाकुरप्रसाद बूढालाई मङ्गलबार राति दुई किलो ५०० ग्राम चरेशसहित नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।

चरेश राखेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा शौचालयको छानामा लुकाई राखेको अवस्थामा उक्त चरेश फेला परेपछि बाबुछोरालाई नियन्त्रणमा लिएको उनले बताए ।  प्रहरीका अनुसार यसअघि पनि अहिले पक्राउ परेका ठाकुरप्रसाद र उनका आमा चरेशकै मुद्दामा सजाय भोगेर छुटेका थिए । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार