23 September 2023  |   शनिबार, अशोज ६, २०८०

सरुवाका लागि सिंहदरबार धाउनु पर्दैन– मन्त्री शर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२  

तुलसीपुर (दाङ), फागुन ३ गते। सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारीले सरुवाका लागि सिंहदरबार धाउन नपर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लव दाङद्वारा आज तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरुवाकै लागि सिहंदरबार जाने मन्त्री र नेता भेट्ने प्रवृतिको अन्त्य भएको बताउनुभयो ।

जिल्लामा एक कार्यालयबाट अर्को कार्यालयमा सरुवाका लागि प्रमुख जिल्ला अधिकारी र क्षेत्रमा क्षेत्रीय प्रशासकलाई सरुवाका लागि अधिकार प्रत्यायोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले तीन महिना काजमा गएर तीन÷चार वर्षसम्म पनि नफर्किने समस्यालाई रोक्न नीतिगतरुपमा प्रक्रिया अघि चर्चा गर्दै निजामती ऐन विपरित काजमा सरुवा भएका ४०० बढी कर्मचारीको काज फिर्ता गरिएको र बाँकी रहेकालाई पनि फिर्ता गराउने क्रममा रहेको वताउनुभयो । रासस

प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२     6:10:59 PM  |