2 December 2020  |   बुधबार, मंसिर १७, २०७७

अनेरास्ववियुको बन्दसत्र सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २९, २०७२  

काठमाडौं, माघ २९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २२औं राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ ।

प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्दा बन्दसत्र सुरु हुने ढिला भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअघि तय गरिएको आचारसंहितामा उम्मेदवारलेनिर्वाचन सुरु भएको वरिपरि कुनैपनि प्रचार–प्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वितरण गर्न नपाइने र उम्मेदवारले प्रचार–प्रसार सामग्री बनाउँदा ठूल्ठूला पोस्टर छाप्न नपाउने, सामान्य परिचय खुल्ने खालकोमात्र प्रचार सामग्री हुनुपर्ने प्रावधान छ ।

उम्मेदवारले आचारसंहिता उल्लंघन गर्नेखालको काम गरेमा उम्मेदवारी स्वतः खारेज हुने आचारसंहितामा उल्लेख भएको प्रवक्ता लामिछानेले बताए । नयाँ पदाधिकारी चयनका लागि शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

बिहीबार भृकुटीमन्डपमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए ।

माघ २८ देखि फागुन १ गतेसम्म सन्चालन हुने सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा चलिरहेको छ । सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता छ ।

यही माघ २७ गतेदेखि हुने भनिएको सम्मेलन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण एक दिनका लागि स्थगित गरी २८ गते उद्घाटन गरिएको हो ।

वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका छन् । रासस

प्रकाशित मितिः शुक्रबार, माघ २९, २०७२     5:58:44 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *