कोहलपुर माघ २९
बाँके राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले आफु सँग भएको हात हतियार तथा ओखटेपहार स्वस्फुर्तरुपमा बुझाउन थालेका छन् ।
संरक्षणको भाव फैलिदै गएको र भविष्यमा कानूनीरुपमा दण्डनीय हुनबाट बच्नकालागि हात हतियार तथा ओखटेपहार संकलन गर्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले अभियान सञ्चालन गरिहेको छ ।
राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले अभियानको दौडानमा हातहतियार र ओखटेपहार संकलन भइरहेको राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष यम बहादुर खड्काले जनाए ।
हातहियार संकलनमा जटिलता भएकाले हतियार भएकाहरुले सहजरुपमा सम्बन्धित निकायमा बुझाउन सकिने ब्यवस्था गरिदिएको भए चोरी सिकारी शुन्य हुने अध्यक्ष खड्काको भनाई छ ।
देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुमा वन र बन्य जस्तु संरक्षण प्रतिको सोचमा विकास भईरहेको हुँदा चोरी शिकारी नियन्त्रण भइरहेको बताए ।
संरक्षण प्रति स्थानीय समुदायलाई जागरुक गराउन सचेतनाका साथ बैकल्पिक पेशा तथा रोजगारीको अवसर सृजना गर्न सके चोरी सिकारी नियन्त्रण गर्न सहज हुने अध्यक्ष खड्काले थपे ।
मध्यवर्ती क्षेत्रकामा रहेका बिगतका दिनमा सिकारी पेशा अवलम्बन गरेकाहरु पेशा छाडे पनि बेरोजगारी र बैकल्पीक पेशाको अभावले अवैधरुपमा चोरी सिकारीको चुनौती हुन सक्ने
बाँके राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रबाट २०७१ साउन २९ गते अवैधरुपमा चोरी सिकारमा संलग्न १३ जनालाई मुद्दा दायर गरेको थियो भने मध्यवर्ती क्षेत्रका उपभोक्ताले स्वस्फूर्तरुपमा बाँके राष्ट्रिय निकुञ्जमा ४६ वटा भरुवा बन्दुकक बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्