कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमायो : मोदी



नयाँ दिल्ली, माघ २६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको जनाए ।

ट्वीट गर्दै मोदीले लेखेका छन्, ‘सुशील कोइरालाका रुपमा नेपाली कांग्रेसले एक शीर्ष नेतागुमाएको छ, जसले दशकौं नेपालमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । भारतले पनि एक असल मित्र गुमाएको छ ।’

कोइरालाको सादगीपूर्ण जीवन आफूहरुका लागि समेत प्रेरणाको स्रोत भएको मोदीले जनाएका छन् । दुःखको यो घडीमा कोइराला परिवार र नेपाली जनताप्रति आफ्नो समवेदना रहेको पनि मोदीले उल्लेख गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २६ गते मंगलबार