अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुस्लिम समुदाय अमेरिकी परिवारको सदस्य भएको बताएका छन्। राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार मस्जिद पुगेका ओबामाले मुस्लिमले अमेरिकी इतिहासमा ठूलो भूमिका निभाएको र भविष्यमा पनि उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए। मस्जिदमा पुगेर उनले धार्मिक ग्रन्थ कुरानका केही वाक्य पढेका थिए।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै ओबामाले कुनै एक आस्थामाथिको प्रहार सबै आस्थामाथिको प्रहार भएको बताए। अोबामाले धार्मिक पूर्वाग्रहको राजनीतिलाई अस्वीकार गर्नुपर्ने पनि उल्लेख गरे।
ट्रम्पले केही हप्ता अघि मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
प्रकाशित मिति : २०७२ माघ २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्