खुला दिसामुक्त गाविस घोषणा



बैजापुर १४औं खुला दिसामुक्त गाविस घोषणा

नेपालगञ्ज– माघ १९ । शत प्रतिशत घरमा शौचालय निर्माण गरिएपछि बाँकेको बैजापुर गाविसलाई आज पूर्ण खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । आज एक कार्यक्रमका बीच सांसद् देवराज भारले गाविसलाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो । २ हजार २ सय ३४ घर धुरीमध्ये ९० घरधुरीका लागि ४५ वटा साझा शौचालय निर्माण गरिएको छ ।

त्यस्तै ५ सय गोबर ग्याँस जडित शौचालय निर्माण गरिएको गाविस सचिव रामु केसीले जानकारी दिनुभयो । जिल्ला विकास समिति बाँके र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समन्यव र गाविसको पहलमा बैजापुरलाई जिल्लाको १४ औँ गाविसका रुपमा खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्लालाई चैत मसान्तभित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलबार