कुनै मापदण्ड बिना नै हज यात्रामा जान पाउनु पर्ने मुस्लिम समुदायको माग



माघ १९
बाँकेका मुस्लिम समुदायले हज यात्रामा जान चाहने मुस्लिम समुदाय कुनै मापदण्ड बिना नै हज यात्रामा जान पाउनु पर्ने माग गरेका छन् ।
मुस्लिम समुदायमा हज जानका लागी आफ्नो इच्छा हुँदा हुँदै पनि हज कमिटीले इच्छाइएका व्यक्तिहरुको नाम कटाइदिँदा हजा यात्रामा जान नपाएको उनिहरुले गुनासो गरेका छन । नेपाल सरकार गृह मन्त्रालय अन्र्तगतको नेपाल हज समितीले मंगलबार नेपालगञ्जमा आयोजना गरेको २०१५ मा साउदी अरबको मक्का मदिनामा हज गरेका फर्केका हजयात्रीका लागी आयोजना गरेको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी मुस्लिम समुदायले यस्तो माग गरेका हुन । कार्यक्रममा बोल्दै मुस्लिम धर्म गुरु मौलाना मन्सुरले मक्कामा हज जानका लागी हरेक मुस्लिम समुदायले पाउनुपर्ने माग गर्नुभयो । अर्का धर्म गुरु मौलाना जब्बारले हजयात्रीहरुका लागी सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै हज कमिटीका केन्द्रिय अध्यक्ष ताज मोहम्मद मियाले प्रतेक मुसलमानलाइ बिना कुनै बाधा अबरोध हजयात्राका लागी जाने व्यवस्था मिलाउनका लागी आफु लागीपरेको बताए । कार्यक्रममा हजका लागि साउदी अरबको मक्कामदिनामा हजका लागि पुगी फर्किएका हजयात्रीहरुलाई सम्मान पनि गरिएको थियो । साथै नेपालगञ्जमा रहेर मुस्लिम अधिकारका क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाइ समेत सम्मान गरिएको छ । यसरी सम्मानीत हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरै, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदी, कान्तिपुरका ब्युरो प्रमुख जनक नेपाल र समयअधिकारका सम्पादक रहिश अहमद सिद्धिकी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलबार