19 माघ,
ढाका, माघ १९ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले अब बंगलादेशको सामना गर्ने भएको छ ।
समूह डी को उपविजेता रहेको नेपालले समूह ए को विजेता बंगलादेशसँग क्वाटरफाईनलमा प्रतिश्पर्धा गर्ने भएको हो ।
मंगलबार बंगलादेश र नामिबियाबीचको खेलमा बंगलादेशले ८ विकेटको जित हात पार्दै समूह विजेता भएपछि समूह डीको उपविजेता नेपालसँग क्वाटरफाईनलमा भेट पक्का गरेको हो ।
नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुने छ ।
समूह चरणका तीन खेलमा बंगलादेश अपराजित रहँदै समूह विजेता बनेको हो भने नेपाल दुई खेलमा जित र एकमा हार व्यहोर्दै समूह उपविजेता बनेको हो ।
समूह ए को उपविजेता बनेको नामिबियाले भने भारतसँग प्रतिश्पर्धा गर्ने भएको छ ।
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्