सांसद शाही कार दुर्घटनामा घाइते



माघ १२
१२ माघ, दमौली । सांसद महेन्द्रबहादुर शाही मंगलबार भएको कार दुर्घटनामा घाइते भएका छन् । शाही आफैले चलाएको बा ८ च ७५९१ नम्बरको कार तनहुँको घाँसीकुवा-२ देउरालीमा दुर्घटना भएको हो ।

Mahendra Bahadur Shahiकार सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा एमाओवादी सांसद शाहीसहित ३० वर्षीय देवेन्द्र शाही, १८ वर्षीया माधुरी मगर र १६ वर्षीया सुजा शाही घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

दमौली स्थित रत्नहरी अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

उनीहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १२ गते मंगलबार