27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

अर्को सातादेखि दुई घण्टा लोडसेडिङ घट्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

loadshading

काठमाडौं, माघ १२ ।  विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ । नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात गर्न लागिएको हो ।

९० मेगावाट थपिएपछि मुलुकमा लोडसेडिङ दुई घण्टा घट्ने प्राधिकरणका अधिकारीले बताए । अहिले दैनिक १५ घण्टासम्म लोडसेडिङ छ ।

‘ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम यसै साता सम्पन्न हुँदैछ । फेब्रुअरी पहिलो साताभित्रमा उक्त प्रसारण लाइनबाट ९० मेगावाट बिजुली आयात गर्न थाल्नेछौं, त्यसले केही हदसम्म लोडसेडिङ घटाउन मद्दत पुर्‍याउने छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने ।

हाल प्राधिकरणले भारतबाट २ सय ३५ मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । ९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय २५ मेगावाट पुग्नेछ, जुन हिउँदयाममा मुलुकभरका विद्युत् आयोजनाहरूबाट उत्पादन हुने कुल बिजुलीको हाराहारी हो ।आजको कान्तिपुरदैनिकमा खबर छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:37:00 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *