20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

हतियार देखाएर गाउँलेलाई आतंकति पारेको अभियोगमा एक जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

१२-माघ /  दाङमा भरुवा वन्दुक सहित एक जना व्यक्ति पक्राउ परेका छन् । धर्ना गाविस वडा नं.४ निवासी ४३ वर्षीय शेरवहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रकासराज शर्माले जानकारी दिए ।

 

डिएसपी शर्माका अनुसार केसीले रातको साढे ११ बजेतिर भरुवा वन्दुक देखाई स्थानीयहरुलाई त्रसिद पारिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका केसीले मदिरा सेवन पछि भरुवा वन्दुक वोकेर गाउँलेहरुलाई गोली हान्ने धम्कि दिँदै हिडेको समयमा स्थानियहरुको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले वताएको छ ।

माघ १० गते पक्राउ परेका केसी पेशाले गाडी चालक भएको पनि प्रहरीले वताएको छ । पक्राउ परेका केसीलाई प्रहरीले म्याद थप गरि अनुसन्धान शुरु गरेको डिएसपी शर्माले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:24:14 PM  |