शिक्षकहरु तलव वढाउन माग गर्दै आन्दोलीत



दशरथ घिमिरे, देउखुरी
११-माघ /  सिसहनिया–८ पत्थरगढवा निवासी सुनिता चौधरीले जिल्ला शिक्षा कार्यालय दाङले सञ्चालन गरेको वाल विकास केन्द्रमा पढाउन थालेको एक दशक वढी भैसक्यो ।

५ सय रुपैयाँ मासीक तलव लिएर पढाउन थाल्नु भएकी चौधरीले अहीले जम्मा मासीक तिन हजार रुपैयाँ तलव पाउछिन् । यो महङ्गीमा महिनाको तिन हजार तलवले कसरी खर्च धान्ने ।

पूर्व प्राथमिक तह वाल विकास केन्द्रमा पढाउदै आएकी  चौधरीले केही समय देखी आन्दोलीत भएकी छिन् । ‘तलव पनि कम छ, दिउसो विद्यार्थीलाई दिने खाजा पनि हुदैन्, अभावको विचमा सेवा दिनु परेको छ’ उनले भनिन्,‘सरकारले वाल विकास केन्द्र खोल्यो तर, त्यसको ब्यवस्थापनमा ध्यान दिएको छैन् ।’

दाङ जिल्लामा ६ सय १९ वाल विकास केन्द्रमा पढाउने शिक्षक शिक्षीकाहरु छन् । तर, सरकारले शिक्षक सरह मान्यता दिएको छै्रन् । तलव स्केल पनि निकै कम छ । सेवा सुविधा र सम्मानको माग गर्दै नेपाल वालविकास शिक्षक संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका जिल्ला अध्यक्ष गिता वुढाथोकीले बताइन ।

‘हामीले सम्मान खोजेका हौं, देशको वलीयो जनशक्ति उत्पादन गर्ने आधारसिलामा काम गर्ने हामीनै श्रम शोषणमा परेका छौं’ उनले भनिन्,‘हामीलाई शिक्षक सरह पनि सम्मान दिइएको छैन्, सहयोगी कार्यकर्ता मात्र भनिएका छ, हामी कस्ताको सहयोगी हौं खुलाइएको पनि छैन् ।’ देशभर ३४ हजार वालविकास शिक्षक छन् ।
teachers2

विद्यालय जानु पूर्व ३ बर्ष देखी ५ वर्ष सम्मका वालवालीकाहरुलाई विद्यालय जान तयार पार्न वाल विकास केन्द्र खोलीएको हो ।‘जिल्ला शिक्षा कार्यालयले सरकारको पोलेसी अनुसार वाल विकास केन्द्र स्थापना गरिएको हो’ जिल्ला शिक्षा कार्यालय दाङका श्रोत ब्यक्ति रामप्रसाद जैशीले भने ,‘केन्द्रस्तरवाटै अहीले उठेका समस्याहरुको सम्वोधन गर्न सकिन्छ ।’

लमहीमा नेपाल वालविकास शक्षिक संघर्ष समितिले अन्र्तक्रिया कार्यक्रमको आयोजना समेत गरेको छ । स्थानीय सरोकारवाला निकाय र राजनैतिक दलका प्रतिनिधिहरु संग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

वालविकास शिक्षक संघर्ष समितिका केन्द्रिय अध्यक्ष सुमित्रा सुवेदीको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङका श्रोत ब्यक्ति रामप्रसाद जैशीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा अखील नेपाल शिक्षक संगठन राप्तीका संयोजक विरवल वली, नेपाल वालविकास शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष गिता वुढाथोकी, केन्द्रिय उपाध्यक्ष खिमकला चापाईगाइ लगाएतका वक्ताले मन्तब्य ब्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ११ गते सोमबार