सरकारको निर्णय प्रति प्रेस यूनियन बाँकेको विरोध



राम बहादुर रावत

माघ ७ कोहलपुर
सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले बजेटमार्फत घोषणा गरेको कृष्ण प्रसाद भट्टराई आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्ततन गर्ने सरकारको निर्णयको नेपाल प्रेस यूनियन बाँके विरोध जनाएको छ ।
प्रमुख जिल्ला अधिकार मार्फत बिहीबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै वर्तमान सरकारले गरेको निर्णयलाई तत्काल सच्याउन माग गरेको छ ।
राष्ट्र, प्रजातन्त्र र जनताका लागि आजीवन संषर्घ गरेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठान’लाई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमात्र लेख्ने वर्तमान सरकारको निर्णयप्रति कडा विरोध गरिएको छ ।
सुशील कोइराला नेतृत्वको सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्ट्याउने गरेको कदम आफूहरुलाई मान्य नहुने भन्दै दलगत आधारमा निर्णय गर्न नहुने नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष जय नारायण शाहले बताए नेपाल पत्रकार संघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापना भई गठनको तयारीमा रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमात्र कायम गर्ने वर्तमान सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सन्त नेता भट्टराईको नाम नहटाउन सरकारसँग आग्रह गरिएको छ
सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उनको नाम हटाए प्रजातन्त्रका धरोहर स्व. भट्टराईप्रति अपमान हुने मात्र होइन, सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जाने विज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको इतिहास र गौरव मेटिने कदम नचाल्न हामी सरकार गम्भिर रहन आग्रह गरिएको छ । माग पुरा न भएका कडा भन्दा कडा आन्दोनलमा उत्रने चेतावनी समेत नेपाल प्रेस यूनियन बाँकेले दिएको छ ।

तत्कालिन सरकारले बजेट मार्फत कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठनका लागि निर्णय गर्दै आवश्यक बजेट समेत छुट्याएको थियो । तत्कालिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल र अर्थमन्त्री रामशरण महतको विशेष सक्रियता र नेपाल प्रेस युनियनको पहलमा सरकारले बजेटमा कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको निर्णय गरेको थियो । सो समयमा एमाले निकट पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारीले विरोध गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार