फ्रान्समा आर्थिक संकटकालको घोषणा



एजेन्सी पेरिस, माघ ४

फ्रान्सेली राष्ट्रपति फ्रान्सिस अल्याण्डले मुलुकमा आर्थिक संकटकालको घोषणा गर्दै फ्रान्सको आर्थिक मोडेल परिवर्तन गर्नुपर्ने  बताएका छन्।
सोमबार व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले बेरोजगारी दर बढेको कारण फ्रान्सेली अर्थतन्त्र संकटमा फसेको उनले बताए।  यो संकटबाट बाहिर निस्कन उनले केही योजनाहरु समेत अघि सारेका छन्। कामदार मैत्री फ्रान्सेली व्यवसायीक मोडललाई अद्यावधि गरी बद्लिँदो विश्वपरिवेश अनुकुल बनाउनु पर्ने उनको भनाइ छ।
हप्तामा ३५ घण्टाको कार्यसमय तोक्ने विषयमा कसैले प्रश्न उठाउन नहुनेमा उनल जोड दिए।  पाँचलाख बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिनुपर्ने उनको योजना छ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ४ गते सोमबार