25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

विश्वको आधा स्रोत र सम्पत्ति ६२ व्यक्तिको कब्जामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ४, २०७२  

 

पेरिस – विश्वमा रहेका धनी र गरिब व्यक्तिहरुबारे हालै प्रकाशित एक रिर्पोटका अनुसार विश्वको आधा सम्पत्ति र स्रोतमाथि ६२ व्यक्तिको कब्जा रहेको छ । अक्सफेम इन्टर नेसनेलले जारी गरेको ‘एन इकोनोमी फर द १ ’ नामक उक्त रिर्पोटमा उक्त दाबी गरिएको हो ।
economy_1453094404मंगलबारदेखि स्वीटजरल्याण्डमा शुरु हुन लागेको वल्र्ड इकोनोमी फोरमको बैठकको ठीक अघि यो रिपोर्ट सार्वजनिक गरिएको हो । बैठक जनवारी २३ सम्म चल्नेछ । यसमा विश्वका ४० शक्तिशाली राष्ट्रका नेताहरु सामेल हुनेछन् ।

नयाँ रिपोर्टका अनुसार विश्वको ठूलो समुदाय स्रोत र सम्पत्तिको कमीको समस्या खेपिरहेका छन् । अर्को तर्फ ६२ जना व्यक्तिसँग सम्पत्ति र स्रोत भरमार रहेको छ । विश्वको १ प्रतिशत धनीसँग बाँकी ९९ प्रतिशत जनतभन्दा बढी सम्पत्ति रहेको छ ।
सन् २०१०मा गरिब जनताको सम्पत्तिमा ४१ प्रतिशत अर्थात् १० खर्ब अमेरिकी डलरले कमी आयो । जबकी सोही समयमा धनीहरुको सम्पत्तिमा भने १७.६ खर्ब डलरले बढ्यो ।
यस रिपोर्टका अनुसार विश्वब्यापीरुपमा पछिल्लो एक वर्षमा धनी र गरिबबीचको खाडल बढ्दै गइरहेको छ । सन् २०११ मा विश्वभरका ३ सय ८८ धनीले विश्वको आधा स्रोतमाथि कब्जा जमाएका थिए भने सन् २०१४ मा यो आंकडा ८० मा झर्यो । सन् २०१५ मा यो संख्या झन् घटेर ६२ मा पुगेको छ ।

रिपोर्टमा धनीको संख्या बढेसँगै गरिबको संख्यामा पनि कमी आएको उल्लेख गरेको छ । सन् १९९० देखि २०१० सम्ममा अत्याधिक गरिबको संख्यामा ५० प्रतिशतले कमी आएको छ । विश्वको १० प्रतिशत जनता जो सबैभन्दा गरिब छन्, उनीहरुको प्रतिवर्ष आम्दानीमा ३ डलरले बृद्धि भएको छ ।
अक्सफेमका चिफ मार्क गोल्डरिंगका अनुसार विश्वमा अहिले हरेक ९ जनामा एक जना व्यक्ति राती भोकै सुत्न बाध्य छन् ।

प्रकाशित मितिः सोमवार, माघ ४, २०७२     2:58:33 PM  |