16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

यी हुन् ८०० छोराछोरीका पिता, प्रत्येक साता जन्मिन्छन् यिनका सन्तान  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७२  

   

लन्डन, पुस २८ । साइमन वाट्सन नाम गरेका एक व्यक्तिले अहिलेसम्म आफ्ना ८०० छोराछोरीले जन्म लिइसकेको दाबी गरेका छन् । प्रत्येक साता आफ्नो एक नयाँ सन्तानले जन्म लिइरहेको उनी बताउँछन् ।

ब्रिटेनका ४१ वर्षीय वाट्सन भन्छन्, ‘मेरो अनुमानमा अहिलेसम्म म करिब ८०० छोराछोरीको पिता बनिसकेको छु, विश्वको कुनै कुनामा प्रत्येकसाता मेरो नयाँ सन्तानले जन्म लिन्छ ।’

‘यो कसरी सम्भव छ ?’ भनेर अचम्म मानिरहनु पर्दैन । उनी एक अनधिकृत शुक्राणु दाता हुन् जसले केवल ५० पाउन्डमा आफ्नो शुक्राणु दान गर्दछन् । उनले फेसबुकबाट अधिकांश ग्राहक फेला पार्दछन् ।

चाँडै नै आफू १,००० सन्तानको पिता बन्ने उनको दाबी छ । उनी भन्छन्, ‘म १,००० बच्चाको पिता बनेर विश्व कीर्तिमान बनाउन चाहन्छु ।’

वाट्सनका अनुसार स्पेनदेखि ताइवानसम्म कयौं मुलुकमा उनका छोराछोरी छन् । ‘म आफ्नो नाममा त्यस्तो विश्व कीर्तिमान बनाउन चाहन्छु, जसलाई कसैले तोड्न नसकोस्,’ उनले भने ।

वाट्सनले प्रत्येक तीन महिनामा एक पटक यौन रोगसम्बन्धी स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यतिमात्र होइन, उनी आफ्नो स्वास्थ्य सम्बन्धी मेडिकल रिपोर्ट पनि अनलाइनमा प्रकाशित गराउँछन् ।

उनले भने, ‘नीजि क्लिनकमा जानु जो कोहीका लागि सम्भव हुँदैन र बिरामीले धेरै अड्चनको सामना गर्नुपर्दछ तर मजस्तो दातासँग भेट गर्नु उनीहरुका लागि धेरै सजिलो हुन्छ ।’

यदि कुनै नीजि क्लिनकमा महिलाले बाँझोपनको उपचार गराउने हो भने प्रत्येक चरणमा ५०० देखि १,००० पाउन्डसम्म रकम खर्चिनु पर्दछ ।

वाट्सन भन्छन्, ‘मेरा ग्राहक कुनै होटल वा अन्य कुनै स्थानमा मलाई भेट्न सक्छन् र केही समयमै काम पुरा हुन्छ । त्यसपछि उनीहरु आफ्नो बाटो लाग्छन्, म आफ्नै बाटो लाग्छु ।’

तर आलोचकहरुका अनुसार यस्तो काम गैर कानुनी नभए पनि अनधिकृत शुक्राणु दाताहरुको शुक्राणु प्रयोग गर्नु महिलाका लागि संक्रमणको खतरा बन्न सक्छ ।

बेलायतको नेशनल गेमेट डोनेशन ट्रस्टकी मूख्य कार्यकारी अधिकारी लाउरा विजेन्स भन्छिन्, ‘यस प्रकारका दाताबाट शुक्राणु लिनु आमरुपमा कुनै खतरा त हुँदैन तर केही गडबड भयो भने स्थिती निकै भयावह हुन सक्छ ।’

उनी भन्छिन्, ‘यदि मामला बिग्रियो भने महिलाले यौन उत्पीडन या बलात्कारको आरोप पनि लगाउन सक्छन् ।’ (एजेन्सी)

– See more at: http://www.imagekhabar.com/samachar/detail/57392/28/.meroml#sthash.hO6L79WV.dpuf

प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७२     4:20:12 PM  |