नन्दिता केसी, अभिनेत्री
ठाउँ
जोमसोम कागबेनीसम्म पुगेकी छु । अन्नपूर्ण बेस क्याम्प र रारा ताल जान निकै रहर छ । यी ठाउँ जति हेरे पनि पट्यार नलाग्ने छन् भन्ने सुनेकी छु । विदेशमा चाहिँ माल्दिभ्स र ग्रिक जाने अवसर अझै पाएकी छैन । त्यहाँ एकपटक पुगेरै छाड्ने चाहना छ
।
परिकार
दाल, भात, तरकारी र गुन्द्रुकको अचार मिठो लाग्छ । माछामासुका परिकारको पनि सोखिन छु ।
पेयपदार्थ
अल्कोहल पिउँदिनँ । चाखेकी चाहिँ छु । ग्रिन टी मेरो फेभरेट हो । दैनिक पिउने गर्छु । पानी चारपाँच लिटर छुट्दैन ।
किताब
किताब पढ्ने बानी त्यति छैन । पछिल्लो समय अमर न्यौपाने उपन्यास ‘सेतो धरती’ पढेकी थिएँ । निकै राम्रो किताब रहेछ । समाजको यथार्थ प्रतिविम्ब पाएँ त्यसमा ।
लेखक
अमर न्यौपानेको लेखन गज्जब लाग्यो । युवा पुस्तामा मन जितेका सुबिन भट्टराई पनि राम्रो लेखक
लाग्छ । उनका दुइटै उपन्यास पढेकी छु ।
फिल्म
निर्देशक तुलसी घिमिरेको काम प्रशंसनीय लाग्छ । उहाँको ‘दर्पण छाया’ ले मलाई निकै तानेको थियो ।
अभिनेता/अभिनेत्री
प्राय: सबै कलाकार उत्कृष्ट हुनुहुन्छ । कामको प्रकृति र क्षमताको आधारमा कलाकारको मूल्यांकन गरिन्छ । अभिनेत्री मिथिला शर्माबाट प्रभावित छु । महजोडीको पनि फ्यान हुँ ।
गीत
सुफी शैलीका गीत सुन्न मन पराउँछु । धेरैले राति गीत सुन्छन्, मचाहिँ बिहान जिम गर्ने बेला दैनिक दुई घन्टा गीत सुन्छु । आस्था तामाङ मास्केको म ‘झुक्दै नझुक्ने…’ लोभलाग्दो गीत हो ।
गायक/गायिका
एक समय पुराना गीतका कलेक्सन राखेकी थिएँ । पुरानामध्ये नारायणगोपाल मन पर्छ, नयाँ पुस्ताबाट चाहिँ आस्था तामाङ मास्के ।
ग्याजेट
आइफोन सहज लाग्छ । भाइरस नपस्ने र ह्याङ नहुने यसको मुख्य विशेषता हो ।