23 April 2024  |   मङ्लबार, बैशाख ११, २०८१

अन्तर्राष्ट्रिय खबर

टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

    प्रकाशित मितिः सोमवार, असार २५, २०७५       |
टर्की/  टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ । दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन
डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५       |
काठमाडौं,२९ जेठ/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ । भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले भनेका छन्-
सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने

सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २२, २०७५       |
काठमाडौं, २२ जेठ/  यही जेठ २९ गते सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको ऐतिहासिक वार्ताको सुरक्षा नेपालको गोर्खाली सेनाले दिने भएको छ । सुरक्षाका लागि निकै चुनौतीपूर्ण मानिएपनि विश्वमै सबैभन्दा बहादुर सेनाकारुपमा कहलिएको गोर्खाली सेनाले सुरक्षा दिने ‘रोयटर्स’ले जनाएको छ । वार्ताका लागि दुवै देशका प्रमुखहरु आ–आफ्नो देशका सुरक्षाकर्मीका स
५२ वर्षपछि पत्ता लागे विश्वकप ट्रफीका चोर

५२ वर्षपछि पत्ता लागे विश्वकप ट्रफीका चोर

    प्रकाशित मितिः आइतवार, जेष्ठ २०, २०७५       |
२० जेठ/  बेलायतबाट सन १९६६ मा हराएको विश्वकप ट्रफी चोर्ने गिरोह पत्ता लागेको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो । ट्रफी चोर ५२ बर्षपछि पत्ता लागेको हो । रमाइलो कुरा चाहिँ के छ भने ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ । लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट से
सिरियामा चार रुसी सैनिकको मृत्यु

सिरियामा चार रुसी सैनिकको मृत्यु

    प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५       |
काठमाडौं,१४ जेठ/  सिरियाको देर अल–जोर प्रान्तमा लडाकूको आक्रमणमा परी चार जना रुसी सैनिकको मृत्यु भएको छ । सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला लडाकुले गरेको हमलामा दुई जना सैन्य सल्लाहकार पनि मारिएका छन् । घटनामा पाँच अन्य रुसी सैनिक घाइते भएको र तीमध्ये दुई जनाको पछि मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । घाइतेहरूको रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ । यसैबीच रुस
क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु

    प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५       |
काठमाडौं,५ जेठ/ क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको बताइएको छ । विमानमा
अमेरिकाकाे एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १० विद्यार्थीको मृत्यु

अमेरिकाकाे एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १० विद्यार्थीको मृत्यु

    प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५       |
 एजेन्सी,५ जेठ/ अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ । घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणम
भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु

भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, जेष्ठ २, २०७५       |
काठमाडौं,२ जेठ/  भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ । सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो । यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको । थुपै्
इजरायली सेना र प्यालेष्टाइनीबीच झडपमा ५५ जनाको मृत्यू

इजरायली सेना र प्यालेष्टाइनीबीच झडपमा ५५ जनाको मृत्यू

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ १, २०७५       |
काठमाडौं,१ जेठ/ अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । काठमाडौं, जेठ १ । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हा
राजकीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

राजकीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

    प्रकाशित मितिः शनिबार, बैशाख २९, २०७५       |
सिंगापुर,२९ वैशाख/  सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् । दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन
कंगोमा इबोला भाइरसका कारण १७ जनाको मृत्यु

कंगोमा इबोला भाइरसका कारण १७ जनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, बैशाख २६, २०७५       |
काठमाडौं,२६ बैशाख/  इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो । सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो । आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएक
पाकिस्तानी गृहमन्त्री इकबालमाथि गोली प्रहार

पाकिस्तानी गृहमन्त्री इकबालमाथि गोली प्रहार

    प्रकाशित मितिः सोमवार, बैशाख २४, २०७५       |
काठमाडौं,२४ बैशाख/ पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । पाखुरामा गोली लागेर घाइते भएका उनको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । इकबाल पाकिस्तानको सत्तारुढ दल पाकिस्ता