संसारभर किन बढिरहेको छ बिटिएस को लोकप्रियता



दक्षिण कोरियाली म्युजिक ब्यान्ड बाङतान सोन्योन्दान बिटिएसले संगीत क्षेत्रमा लगालग इतिहास बनाउदै छ। ब्यान्डले विभिन्न समय आयोजित विभिन्न म्युजिक अवार्डहरूबाट सम्मान पाइरहेको छ भने ब्यान्डको चर्चा पनि चुलिँदो छ।


गत आइतबार सम्पन्न बिलबोर्ड म्युजिक अवार्ड(२०२१ मा बिटिएस ब्यान्डलाई तीन विधाका अवार्डबाट सम्मानित गरिएको छ। बिलबोर्ड म्युजिकले बिटिएसलाई टप डुओरग्रुपु, टप सङ सेल्स आर्टिस्टु र टप सोसल आर्टिस्टु अवार्डबाट सम्मानित गरेको हो।

ब्यान्डले ुटप सङ सेल्स आर्टिस्टु अवार्ड पहिलो पटक हात पारेको हो। तर यसले ुटप डुओरग्रुपु अवार्ड दोस्रो पटक थापेको छ। त्यस्तै ुटप सोसल आर्टिस्टु अवार्ड भने ब्यान्डले पाँचौं पटक पाएको हो।

ब्यान्डले यसअघि म्युजिक भिडिओ ुडाइनामाइटु का लागि ुटप सेलिङ सङु अवार्ड पनि पाएको छ। अंग्रेजी शब्दमा रहेको यो गीतको भिडिओ गत अगस्ट २१ मा प्रिमियर गरिएको थियो। डाइनामाइटले सार्वजनिक भएको चौबीस घन्टामै दस करोड एघार लाख बढी भ्युज कमाएको थियो। योसँगै डाइनामाइटले एकै दिनमा सबभन्दा बढी भ्युज कमाउने युट्युब भिडिओ बनेर त्यसबेला रेकर्ड कायम गरेको थियो।

हालै ब्यान्डले नयाँ म्युजिक भिडिओ ुबटरु सार्वजनिक गरेको छ। यो भिडिओ सार्वजनिक भएको १३ मिनेटमै एक करोड भ्युज पुर्‍याएको थियो। बटरले चौबीस घन्टामा दस करोड १३ लाख भ्युज पुर्‍याएसँगै बिटिएसले पहिलेको आफ्नै म्युजिक भिडिओ डाइनामाइटको रेकर्ड तोडेको छ।

बटरको भ्युजलाई लिएर प्रख्यात ब्राजिलियन लेखक पाउलो कोएलोले बधाइ दिँदै ट्विट समेत गरेका थिए। ट्विटमा भनेका थिए, ुबधाइ छ बिटिएस, चौबीस घन्टामा दस करोडभन्दा बढी भ्युज पाएकोमा।ु

सोही ट्विटका कारण केही समयमै आफूले थुप्रै फलोअर्स गुमाउन परेको लेखक पाउलोले उल्लेख गर्दै अर्को ट्विट गरेका थिए। जसमा भनेका छन्, ुबिटिएसलाई बधाइ दिँदै ट्विट गरेको कारण मैले थुप्रै फलोअर्स गुमाउँदै छु। तर कसैको प्रशंसा गर्दा भुक्तान गर्नुपर्ने मूल्य हो यो। यी केटाहरूले निकै कठिनाइ र पूर्वाग्रहहरू पार गरेका छन्। उनीहरूले जितेका छन्।ु

पाउलोको ट्विटरमा एक करोड ५४ लाख फलोअर्स छन्।

बिटिएसको आधिकारिक ट्विटरमा तीन करोड ४६ लाख फलोअर्स छन्। यसरी करोडौं फलोअर्स कमाएर लगालग विभिन्न श्रेणीमार्फत आफूलाई चिनाउँदै आएको बिटिएस आखिर को हुन्रु कसरी एकाएक चर्चामा आएरु

सन् २०१० मा गठित बिटिएसले सन् २०१३ मा आफ्नो पहिलो म्युजिक भिडिओ ुटु कुल फर स्कुलु सार्वजनिक गरेसँगै संगीत क्षेत्रमा औपचारिक रूपले प्रवेश गरेको हो। उनीहरू दक्षिण कोरियाको सिओलबाट आफ्नो संगीत यात्रालाई निरन्तरता दिइरहेका छन्।

यो ब्यान्डले प्रायः हिप(हप वा के(पप संगीतलाई केन्द्रमा राख्छ भने गीतमा व्यक्तिगत भाव, मानसिक स्वास्थ, किशोरावस्था र युवाहरूका समस्या, प्रेम, सामाजिक विषय तथा व्यक्तित्ववादलाई जोड दिने गरेको पाइन्छ।

अंग्रेजीमा बुलेट प्रुफ स्काउट ब्वाइ स्काउट्सु अर्थ दिने बिटिएस ब्यान्डमा सात युवाहरू सदस्य छन्। जिन, सुगा, जङ हो(सक, किम नाम(जुन, जिमिन, किम ते(ह्यङ र जङ्गो। यी सात सदस्य गीतसँगै एकैपटक म्युजिक भिडिओमा देखा पर्छन्। उनीहरूको लुक्स र भिडिओमा प्रस्तुतिका कारण चर्चामा आएका हुन्।

बिटिएसले संसारको विभिन्न ठाउँमा पुगेर आफ्नो प्रस्तुति दिने गरेको छ। ब्यान्डको एल्बम र गीतहरूले युवा पुस्तालाई निकै लोभ्याएको छ। बिटिएसका फ्यानहरू आफूलाई आर्मीका रूपमा चिनाउने गर्छन्। बेलाबेला सामाजिक संजालमा ह्यासट्याग आर्मीु भन्ने ट्रेन्ड नै चलिरहेको हुन्छ।

प्रायः के(पप गीतहरू माया र सम्बन्धबारे हुने गर्छ। तर बिटिएस ब्यान्डले समाजको यस्तो विषयबारे गीत बनाउँछ जुन प्रायः अरू ब्यान्डले रूचाउँदैनन् तर दर्शकहरूलाई भने मन परिरहेको हुन्छ। यो ब्यान्डले बुलिङ, एलिटिजम ९कसैलाई होच्याउने व्यवहार० र मानसिक स्वास्थसम्बन्धी गीत बनाउँछ जसले गर्दा पनि यो ब्यान्डको गीत धेरैले मन पराउन थालेको बुझिन्छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार