17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्य समाचार

सुर्खेतको लादेमा फोर्स गाडी दुर्घटनाः २ जनाको मृत्यु, पाँच घाईते

सुर्खेतको लादेमा फोर्स गाडी दुर्घटनाः २ जनाको मृत्यु, पाँच घाईते

    प्रकाशित मितिः शनिबार, अशोज ३०, २०७८       |
सुर्खेत । दैलेखको वेस्ताडाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको लादेमा दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेको पहिचा
न्याय माग्दा बाँके प्रहरीले झुट्टा मुद्दा लगाउन थालेपछि रुबीले भनिन्ः ‘आन्दोलनकारीलाई झुट्टा मुद्दामा नफसाइयोस्’

न्याय माग्दा बाँके प्रहरीले झुट्टा मुद्दा लगाउन थालेपछि रुबीले भनिन्ः ‘आन्दोलनकारीलाई झुट्टा मुद्दामा नफसाइयोस्’

    प्रकाशित मितिः शनिबार, अशोज ३०, २०७८       |
काठमाडौं । नौं दिनदेखि आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंस्थित माइतीघर मण्डलामा अनसनरत उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको हो । बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बुझ्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएक
Breaking:सल्यानको श्रीनगरवाट झिम्पै जाँदै गरेको बस दुर्घटना

Breaking:सल्यानको श्रीनगरवाट झिम्पै जाँदै गरेको बस दुर्घटना

    प्रकाशित मितिः शनिबार, अशोज ३०, २०७८       |
सल्यान । सल्यानको श्रीनगरबाट जिल्लाकै झिम्पै जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जना यात्रु घाईते भएको बताएपनि थप जानकारी आउन सकेको छैन । अहिले दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सुर्खेतको लादे बस दुर्घटनाः २ जनाको मृत्यु, उद्धार कार्य चल्दै

सुर्खेतको लादे बस दुर्घटनाः २ जनाको मृत्यु, उद्धार कार्य चल्दै

    प्रकाशित मितिः शनिबार, अशोज ३०, २०७८       |
कोहलपुर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दुर्घटनामा परेर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् । दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दुर्घटनामा परेको थियो । केही घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उद्धारका लाग
दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी दुर्घटनाः एक जनाको मृत्यु, उद्धार जारी

दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी दुर्घटनाः एक जनाको मृत्यु, उद्धार जारी

    प्रकाशित मितिः शनिबार, अशोज ३०, २०७८       |
कोहलपुर । दैलेखको वेस्तडाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको यात्रुबहाक गाडी दैलेख सुर्खेत खण्डको लादेमा दुर्घटना भएको छ । केहीबेर ३५ जना बढी सवार गाडी लादेमा दुर्घटना भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएकोछ । प्रहरीका अनुसार गाडिमा सवार एक जनाको मृत्यु भएको छ । ३५ जना सवार गाडिमा अन्यहरुको उद्धार कार्य भइरहेको बताइएकोछ । यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

क्रिकेटर विनोद भण्डारीले गरे खेल पत्रकार सोनिका अर्यालसँग विवाह

    प्रकाशित मितिः शुक्रबार, अशोज २९, २०७८       |
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार बडा दशैंको दिन खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँको आँबूखैरेनी लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।   नेपाली विनोदले २००९ देख
सुदूरपश्चिमका किसानलाई खेतबारीमै दशैं

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दशैं

    प्रकाशित मितिः शुक्रबार, अशोज २९, २०७८       |
बैतडी। धान भित्र्याउने समयमै दशैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ । वर्षदिनमा एकपटक मात्रै आउने दशैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दशैं लागेको अनुभूति हुन सकेको छैन् । बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँद
रुवी खान प्रकरणः सर्वोच्च अदालत भन्यो, बाँकेका जिल्ला न्यायाधीश अधिकारी यान्त्रिक

रुवी खान प्रकरणः सर्वोच्च अदालत भन्यो, बाँकेका जिल्ला न्यायाधीश अधिकारी यान्त्रिक

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जकी अधिकारकर्मी रुबी खानलाई पक्राउ अनुमति पत्र जारी गर्ने क्रममा जिल्ला न्यायाधीश ‘यान्त्रिक भएको’ भनी टिप्पणी गरेको छ । आफ्नै अदालतबाट सम्बन्धबिच्छेदको फैसला जारी भएको अवस्था समेत बेवास्ता गरी पक्राउ अनुमतिपत्र जारी भएको देखिएको भन्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले त्यो कामलाई ‘यान्त्रिक’ भनी टिप्पणी गरेको हो । सर्वोच्च अदालतले रुवी खानलाई रिहा
मुगु बस दुर्घटनाको छानबिन गर्न समिति गठन

मुगु बस दुर्घटनाको छानबिन गर्न समिति गठन

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको उक्त कार्यालयले जनाएको छ। समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र
ढकेरी क्षेत्रमा पाटेबाघ देखिएपछि आवतजावतमा कडाई

ढकेरी क्षेत्रमा पाटेबाघ देखिएपछि आवतजावतमा कडाई

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुर ढकेरी खण्डमा पाटेबाघ देखिएपछि सवारी आवगमनमा कडाई गरिएको छ । यो सडक खण्डको झिझिरी खोला नजिकै बिहीबार बिहान पाटेबाघ देखिएको थियो । पाटेबाघ देखिएपछि आवतजावतमा नेपाली सेनाले कडाई गरेको हो । दिउँसोको समयमा कोहलपुर–ढकेरी सडक खण्डमा नेपाली सेनाले समूहमा मात्र बाईकहरुलाई आवतजावत गर्न दिइरहेको छ । दसैंलाई मध्यनजर गरेर यो सडक खण्डमा केही दिनयता सेनाले दिउँसोको समय
सर्बोच्चको आदेशपछि बाँकेकी अधिकारकर्मी रुवी खान रिहा

सर्बोच्चको आदेशपछि बाँकेकी अधिकारकर्मी रुवी खान रिहा

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ । गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो । बाँकेमा २ महिला हत्या को विषयमा न्या
राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको बताएका छन् । विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वराज