सुर्खेतको लादे बस दुर्घटनाः २ जनाको मृत्यु, उद्धार कार्य चल्दै



कोहलपुर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दुर्घटनामा परेर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् ।

दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दुर्घटनामा परेको थियो । केही घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उद्धारका लागि पठाएको छ ।

अहिले पनि उद्धार कार्य जारी रहेकोले थप जानकारी आउँन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार