ज्ञानोदय पुस्तकालयलाई ‘वर्ष उत्कृष्ट सम्मान’



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र यस वर्ष नेपालको उत्कृष्ट पुस्तकालय सम्मान प्राप्त गरेको छ । १८औँ पुस्तकालयको दिवसको अवसरमा ज्ञानोदयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पुस्तकालयले स्थापनाकालदेखि हालसम्म स्थानीय समुदाय र बाँके जिल्ला पु¥याएको योगदानको कदर गर्दै उत्कृष्ट पुस्तकालय सम्मान गरेको थियो ।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराइलाई सम्मानपत्र प्रदान गरेका थिए । नेपाल सरकारले पुस्तकालयले गरेको कामको कदर कर्दै सम्मान हुन पाउँदा थप जिम्मेवारी थपिएको अध्यक्ष भट्टराइले बताए । पुस्तकालयले समाजमा पु¥याएको योगदानको उच्च मूल्यांकन हुँदा काम गर्ने ऊर्जा थपिएको उनको भनाइ छ ।

निबन्ध लेखन, खुला रामायण वाचन, प्रत्येक महिना अन्तिम शनिबार सरसफाइ, कारागारमा पाठ्यपुस्तक हस्तान्तरण र शिक्षा दिवसमा गन्धर्व समुदायलाई सम्मान लगायतका कार्यक्रमहरू गरेको बताए । जसको फलस्वरुप देशभरको उत्कृष्ट पुस्तकालय सम्मान पाउन सफल भएको उनले जनाए ।

सोहीदिन रत्न पुस्तकालय बानेश्वर काठमाडौँले सुरेन्द्र ढकाल फाउण्डेसनको आर्थिक सहयोगमा ‘महाकवि देवकोटा पुस्तकालय पुरस्कार सम्मानपत्र’सहित नगद ५० हजार रूपैयाँँ प्रदान गरेको थियो । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको २१औँ साधरणसभा हुने भएको छ । १५ गते हुने भनिएको साधारणसभा विविध कारणवश यही २१ गते हुने भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार