काठमाडौँ ।
आगामी कात्तिक १७ गते रुपन्देही ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् ।
प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।
उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका थिए । उनीहरुमध्ये थापाले रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्