युवा संघद्वारा नीलसागर सेवाश्रममा भोजन



कोहलपुर ।

राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीले कोहलपुरस्थित नीलसागर सेवाश्रममा रहेका वृद्धवृद्धालाई दिवा भोजन गराएको छ । शनिबार नगर कमिटीले एक कार्यक्रमको आयोजना गरेर सेवाश्रममा रहेका वृद्धवृद्धालाई दिवा भोजन गराएको हो । नीलसागर सेवाश्रममा रहेका असहाय वृद्धवृद्धालाई एक छाक भोजन गराएर सहयोग गर्ने उद्दश्ेयले कार्यक्रम आयोजना गरिएको युवा संघ नेपालका नगर कमिटी अध्यक्ष मानस शाही ठकुरीले बताए ।

सोहीअनुसार नीलसागरमा दिवा भोजन गराइएको उनको भनाइ छ । कमिटीले यसअघि नेपालगन्जमा रहेको मानव सेवाश्रममा समेत दिवा भोजन गराएको उनले जानकारी दिए । नीलसागरमा रहेका करिब ३० जना असहाय र वृद्धवृद्धाहरूलाई भोजन गराइएको उनले बताए ।

भोजन कार्यक्रम युवा संघ नेपालका केन्द्रीय सदस्य सन्दीप बानियाले एक छाक भएपनि भोजन गराउन पाउँदा खुसी लागेको बताए । युवा संघले समाजमा रहेका असहाय र अशक्तहरूलाई सक्दो सहयोग गर्दै आएको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार