कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुल नामभन्दा पनि शैक्षिक ‘ब्राण्ड’ बनिसकेको छ । जसका कारण गुणस्तरीय शिक्षा अध्ययनका लागि सबै विद्यार्थीहरूको पहिलो रोजाइ नै गोरखा स्कुल पर्ने गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भएसँगै ‘प्लस टु’ अध्ययनका लागि अहिले स्कुलमा भर्ना हुन पुग्ने विद्यार्थीहरूको चाप निकै रहेको छ । सीमित कोटा रहेपनि स्कुलमा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूको भिड लाग्ने गरेको प्रिन्सिपल साधना थापाले बताइन् ।
गणेश रावत । कोहलपुर ।
कुनै पनि व्यक्ति होस् या संघसंस्था । एकाधबाहेक सबैले सफलताको स्वाद चाख्न पाउँदैनन् । सफलता भौतिक, मानसिक, सामाजिक वा आत्मिक रूपमा हुन सक्छ । सफलता पाउनुको पछाडि लुकेको हुन्छ, अथाह मिहिनेत, परिश्रम, लगनशीलता र धैर्यता । त्यसकारण सबैले सफलता सहजै प्राप्त गर्न सक्दैनन् । अझ भनौँ सफलता पाउँन जति कठिनाइ हुन्छ । त्योभन्दा धेरै सकस हुन्छ, पाएको सफलता कायम राख्न र निरन्तरता दिन । यही सफलताको सिँढी चढेर ओज कायम राख्न सफल एक शैक्षिक संस्था हो, कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुल ।
सफलताको स्वाद चाखेको र शिखर पुगेको स्कुल अहिले पनि त्यसलाई निरन्ता दिन केही संघर्ष गरिरहेको छ । केही ब्रिटिस गोर्खा सेना र सिंगापुर पुलिसबाट सेवानिवृत्त व्यक्तिहरूले २०६७ सालमा स्कुलको स्थापना गरे । अनि सुरु भयो, गोरखा स्कुलको अनावरत शैक्षिक क्रान्ति यात्रा । कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुल नामभन्दा पनि शैक्षिक ‘ब्राण्ड’ बनिसकेको छ । जसका कारण गुणस्तरीय शिक्षा अध्ययनका लागि सबै विद्यार्थीहरूको पहिलो रोजाइ नै गोरखा स्कुल पर्ने गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भएसँगै ‘प्लस टु’ अध्ययनका लागि अहिले स्कुलमा भर्ना हुन पुग्ने विद्यार्थीहरूको चाप निकै रहेको छ । सीमित कोटा रहेपनि स्कुलमा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूको भिड लाग्ने गरेको प्रिन्सिपल साधना थापाले बताइन् । विशेषगरेर स्कुलमा साइन्स पढ्ने विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । प्रवेश परीक्षाका लागि साइन्सतर्फ मात्रै १ सय ५७ र व्यवस्थापन तर्फ ५७ जना विद्यार्थीहरू सहभागी भएको उनले मिसन टुडेलाई जानकारी दिइन् ।
स्थापना कालदेखि स्कुलले अहिलेसम्म आफ्नो विश्वास कायम राख्दै सबैको रोजाइमा पर्न सफल भएको उनले बताइन् । साइन्समा २ सेक्सन र व्यवस्थापनमा १ सेक्सन गरेर जम्मा ३ वटा सेक्सन सञ्चालन गर्ने स्कुलका सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेले जनाकारी दिए । जनशक्ति अभावका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिएको उनको भनाइ छ । प्रत्येक सेक्सनमा ३५ जना विद्यार्थी राखेर शान्तपूर्ण वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिने उनले मिसन टुडेलाई जानकारी दिए ।
शैक्षिक सत्र २०८२ का लागि ‘प्लस टु’तर्फ १ सय ५ जना विद्यार्थीहरूका लागि मात्रै सीमित कोटा छुट्याइएको उनले बताए । जनशक्तिले धान्न सक्ने गरेर मात्रै विद्यार्थीहरूको सङ्ख्या भर्ना गरिने उनको भनाइ छ । गुणस्तरीय शिक्षा र अत्याधुनिक साइन्स ल्याबले स्थापना कालदेखि अहिलेसम्म पनि स्कुलमा विद्यार्थीको चाप उस्तै धेरै रहेको छ । शैक्षिक सत्र २०६५ सालदेखि स्कुलले ‘प्लस टु’ साइन्स तथा व्यवस्थापन संकाय पठनपाठन गर्न सुरु गरेको हो । साइन्स पठनपाठन गर्ने कोहलपुरको पहिलो स्कुल पनि हो यो स्कुल ।
आफ्नै साढे २ बिघा क्षेत्रफलमा स्कुल फैलिएको छ । आफ्नै भौतिक पूर्वाधारले सुविधासम्पन्न स्कुलले समयअनुसार आफूलाई अघि बढाइरहेको छ । ‘प्लस टु’ साइन्स पढ्नका लागि कोहलपुरका विद्यार्थीहरू २०६५ सालभन्दा पहिला काठमाडौँ लगायत अन्य जिल्ला जानुपर्ने बाध्यता थियो । त्यसपश्चात् कोहलपुरमा साइन्स तथा व्यवस्थापन संकाय कक्षा सञ्चालन भएपछि विद्यार्थीहरूको काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको हो ।
काठमाडौँमा लाग्ने खर्च व्यवस्थापनसँगै घरपरिवारसँगै विद्यार्थीहरूले आफ्ना सपना पूरा गर्न पाउने भएका हुन् ।
घरआँगनमा सहजै आफूले चाहेको विषय पढ्न पाउँदा विद्यार्थीहरू हर्षित छन् । पश्चिम नेपालमा आफ्नो छुट्टै परिचय बनाएको गोरखा स्कुलले एकपछि अर्काे मोडालिटी र समयअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढिरहेको छ । स्कुलले बुकलेस कक्षा सञ्चालनदेखि डिजिटल स्कुल हुँदै व्यवहारिक ज्ञानमा जोड दिइरहेको छ । कोहलपुरको ‘ए’ ग्रेडको विद्यालय पनि हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफलमा पनि विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । शैक्षिक जगतमा निकै अब्बल मानिएको गोरखा स्कुलबाट २०८१ को एसईईमा १ सय ३ जना विद्यार्थीहरू सहभागी थिए । जसमा ३.६ देखि ४ जिपिएमा ५२ जना, ३.२ देखि ३.६ जिपिएमा ४३ जना र २.८ देखि ३.२ जिपिएमा ८ जना विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको हो ।
शान्त वातावरण र सुविधा
स्कुलमा हरियाली र शान्त वातावरण रहेको छ । स्कुलको गेट प्रवेश गर्नासाथ सबैको ध्यान खिच्ने सुन्दर बगैँचा, विभिन्न पन्छीहरू छन् । विद्यार्थीहरूका लागि पर्याप्त खेलकुद मैदान, सुविधायुक्त कक्षाकोठा, चौबीसै घन्टा जेनेरेटरसहितको व्यवस्थित कम्प्युटर ल्याब रहेको छ ।
पठनपाठनलाई मध्यनजर गर्दै सुव्यवस्थित लाइब्रेरी र समयअनुसार ई–लाइब्रेरीको प्रयोग इन्टरनेट, मल्टीमिडिया प्रोजेक्टरसहितको सेमिनार हलको स्कुलमा व्यवस्था रहेको छ । यस्तै व्यवस्थित विज्ञान प्रयोगशाला, छुट्टै प्राथमिक उपचारकक्ष रहेको स्कुल पनि हो ।
क्यान्टिन र छात्रावासको व्यवस्था आदि भौतिक सुविधायुक्त रहेको स्कुलले आवश्यकताअनुसार कक्षा कोठामा एसी लगायतका सेवासुविधाको व्यवस्थापन गरेको छ । विद्यार्थीहरूको चौतर्फी विकास गर्न अतिरिक्त क्रियाकलाप फिल्ड भिजिट, शैक्षिक भ्रमण, सेमिनारमार्फत क्षमता अभिवृद्धि गरी मनोविज्ञान बुझेर पढाउने स्कुलको अर्काे विशेषता हो । किताबी ज्ञान मात्र नभई संस्कारसहित शिक्षालाई अलि जोड विद्यालयले दिएको छ । सकारात्मक सोचको विकास गर्न अभिभावक र विद्यार्थीहरूसहित विश्वप्रख्यात डा.योगी विकासनन्दबाट दुईदिने कक्षासमेत स्कुलले सञ्चालन गरेको थियो ।
विज्ञान तथा व्यवस्थापन संकाय

कोहलपुरमा पहिलो पटक गोरखा स्कुलले २०६५ सालमा विज्ञान तथा व्यवस्थापन संकाय पठनपाठन गर्न सुरु ग¥यो । स्कुलका लागि चुनौती र अवसर दुवै थिए । ‘प्लस टु’ साइन्स पढ्न अन्य जिल्ला जाने विद्यार्थीहरूको विश्वास जित्न र राम्रो नतिजा ल्याउन । तर, गोरखाले दुवैमा सफलता प्राप्त ग¥यो । विद्यार्थीहरूका अभिभावकको मन जित्न र नतिजा ल्याउन । जसको प्रतिफल अहिलेसम्म ‘प्लस टु’ पढ्ने विद्यार्थीहरूको आकर्षण स्कुलमा उत्तिकै रहेको छ ।
राम्रो पठनपान हुने र भौतिक संरचनासमेत पर्याप्त भएको स्कुलमध्ये एक हो, गोरखा । साइन्स पढ्ने विद्यार्थीहरूका लागि स्कुलमा साइन्स ल्याब सुविधायुक्त छ । शिक्षकहरू पनि अनुभवी र दक्ष छन् । जसका कारण स्कुलमा अहिले पनि क्रेज उस्तै छ । साइन्स र व्यवस्थापन संकायतर्फ स्कुलले नतिजा पनि राम्रो ल्याउने गरेको छ ।
स्नातक तहमा कृषि संकाय

स्कुलमा स्नातक तह कृषि विषय ‐बीएस्सी एजी) कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेको छ । २०७५ सालबाट स्कुलमा स्नातक तहमा कृषि संकाय सञ्चालनमा आएको हो । स्कुलले विद्यार्थीहरूका लागि बाँकेको बैजनाथ–४ मा ‘गोरखा पोलिटेक्निक कलेज एन्ड रिसर्च सेन्टर’ सञ्चालनसमेत गरेको छ ।
अहिले पनि पठनपाठन हुँदै आइरहेको छ । २०७५ साल माघबाट पहिलो पटक २४ जना विद्यार्थीबाट सुरु भएको हो । स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले व्यवस्थापन पक्ष आवश्यक प्रक्रियाका लागि अगाडि बढिरहेको छ ।
आफ्नै स्वामित्व रहेको करिब ६ बिघा जग्गा क्षेत्रफलमा सञ्चालित उक्त कलेजका लागि आवश्यक भौतिक संरचनाको निर्माण, कृषि बाली तथा तरकारी उत्पादन र उन्नत जातका पशुपालन आदि कार्यहरू सुरु गरेको छ । विद्यार्थीहरूको रिसर्चको किट जिन बैंकको समेत स्थापना गरेर सञ्चालनमा ल्याएको छ । जसका कारण मौरी, पुत्का, किरा लगायतको अनुसन्धान गर्न विद्यालय परिसरमा सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्