बलेरोले ठक्कर दिदा म्याराथुनका धावक घाइते



कोहलपुर, ५ मंसिर/   बाँकेकाँ कोहलपुर राजस्व कार्यालय नजिकै बलेरो गाडीले ठक्कर दिदा एक जना घाइते भएका छन् ।

नेपालगञ्ज म्याराथुन प्रतियोगितामा भाग लिएर दौडिरहेका ६९ नम्बरका घावक कञ्चनपुर रामघाट नगरपालिकाका–८ का भोजराज अवस्थीलाई बा ९ च ६५२९ नम्बरको बलेरोले ठक्कर दिएको हो ।

उनको दुबै खुट्टामा चोट लागेको छ भने अगाडिको दाँत पनि भाँचिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ५ गते मंगलबार