बैजनाथमा ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने ५५ वर्षीय वृद्ध पक्राउ



शुभाकर विश्वकर्मा,कोहलपुर (बाँके)
बैजनाथ–६ पार्वतीपुरका दिल बहादुर खत्री (५५) को परिचय थियो,–साधु । उनले जीवनका कैयौ बसन्त साधुको भेषमा बिताए । धार्मिक अभ्यास गर्ने,साधना गर्ने र आध्यात्मिक जीवनमा समर्पित व्यक्तिलाई साधु भनिन्छ । साधु प्राय ः साधारण जीवनबाट टाढा रहेर, साधना र ध्यानमा समय बिताउँछन् । उनीहरू आत्मिक उन्नति र शान्तिको खोजमा लागेका हुन्छन् । चैत २७ गते दिउँसोसम्म यस्तै भेष र परिचयमा साधुले नामले चिनिन्थे उनी । बैजनाथमा खत्रीलाई चिन्ने हरेकले यहीँ परिचयले सम्बोधन गर्थे, ‘साधु बाजे’ ।

तीनै ५५ वर्षीय वृद्ध खत्री यतिबेला इलाका प्रहरी कार्यालय कोहलपुर,बाँकेको हिरासतमा छन् । उनीमाथि नाबालिकालाई चुम्बन गरेको,यौनीको औँला घुसाएको र करणी प्रयासले कट्टु झारेको आरोप लागेको छ ।
पार्वतीपुरकी ती नाबालिकामाथि जवरजस्ती करणी प्रयास (आसय व्यक्त गरेको) जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित नाबालिकाको तर्फबाट आमाको किटानी जाहेरीपछि कोहलपुर प्रहरीले उनीमाथि जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । आफ्नै गाउँकी पनातिनी समानकी नाबालिकामाथि जवरजस्ती करणी प्रयास गरेको आरोपमा खत्री बुधबार पक्राउ परेका थिए । बिहीबार उनीमाथि म्याद थप भएको घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पीडित बालिका,प्रहरी चौकी सम्झना र इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घटना हो ? बैजनाथ गाउँपालिका वडा नम्बर ६ पार्वतीपुरको । करणी प्रयास भएको दिन २०८१ चैत २७ गते हो । पीडित बालिका र उनकी आमाले प्रहरीसँगको बयान र जाहेरीमा उल्लेख गरे अनुसार उक्त कार्य विहान साढे १० बजेतिरको समयमा भएको हो । पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी चौकी सम्झनाका प्रहरी प्रमुखले भने, ‘विहान साढे दश बजेतिरको घटना हो । घरमा नाबालिका र उनका भाईसँगै थिए । उनीहरु मोबाइल हेरिरहेका थिए । आमा भने काम विशेषले छिमेकीको घरमा गएकी थिइन् ।’

उनीहरु घरैमै बसिरहेको बेला एक्कासी घरमा छिरेका थिए,खत्री । सुरुमा उनले दुवै जनासँग सामान्य कुराकानी गरे । केही समयपछि नानी आउ बाहिर जाउ भन्दै खत्रीले नजिकैको मकै बारीमा लिएको पीडित नाबालिकाको भनाइ छ । उनले भनेकी छन्, ‘मकैबारीमा लिन बित्तिकै चुम्बन गरे । शरिरका विभिन्न भागमा छोए । यौनीमा औँला छिराइदिए । पछि लगाएको कट्टु छडाएपछि डराए र भागे ।’

मकैबारीबाट पीडित नाबालिका रुदैँ कराउँदै सिधै छिमेकीको घरमा रहेकी आमा कहाँ पुग्छिन् । घरमा मोबाइल दिएर छोडेकी छोरी रुदैँ आएपछि सम्झाइ बुझाई गर्दा पीडित नाबालिकाले घटनाबारे बेलिविस्तार लगाएपछि साधु भनिएका बाबाको कर्कुत बाहिरिएको हो ।
छोरीमाथि बर्बर अपराधको आसय व्यक्त भएको आमाले थाहा पाएपछि हो–हल्ला भयो ।

लगत्तै आमा छोरीको न्यायका लागि नजिकैको प्रहरी चौकी सम्झना पुगिन् । प्रहरी चौकी सम्झनाका प्रमुख मान बहादुर थापा नाबालिकामाथि करणी प्रयास भएको गुनासो आएपछि लगत्तै इलाका प्रहरी कार्यालयमा खबर गरेर पीडकलाई पक्राउ गरिएको बताउँछन् । यता पीडित नाबालिकाकी आमाले नाम नबताउने सर्तमा भनिन्,‘मेरी छोरीमा अन्याय भएको छ । छोरीको भविष्यमाथि खेलवाड भयो । दोषीमाथि कडा कारबाही होस् ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले पीडितको जाहेरी पश्चात खत्रीलाई पक्राउ गरिएको बताए । उनका अनुसार निजलाई पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार