बाल विद्यामा सरस्वती पूजा र वार्षिकोत्सव सम्पन्न



कोहलपुर (बाँके), कोहलपुरस्थित बाल विद्या सेडेण्डरी स्कूलमा सरस्वती पूजा र स्कूलको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच स्कूलको आयोजनामा सरस्वती पूजा र वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा स्कूलले अक्षराम्भ कार्यक्रमको आयोजना गरेको थियो ।
स्कूलले विद्यार्थीलाई निःशुल्क भर्नासमेत खुल्ला गरेको छ । सरस्वती पूजाको अवसरमा विविध कार्यक्रमका साथै वार्षिकोत्सवसमेत मनाइएको बाल विद्या स्कूलका प्रिन्सिपल गोविन्द सुुवेदीले बताए । उनका अनुसार उक्त अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतीका साथै पुरस्कारसमेत वितरण गरिएको थियो ।

नर्सरीदेखि माध्यमिक तहमा हुने विभिन्न क्रियाकलाप तथा अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । ‘हाम्रो स्कूलमा सरस्वती पूजा र वार्षिकोत्सव भव्य रुपमा मनाइएको छ । अभिभावकहरुको उत्साहपूर्ण उपस्थितिमा विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका छन् ।’ प्रिन्सिपल सुवेदीले भने

उक्त अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर खड्काले स्कूलले समय सुहाउँदो, गुणस्तरीय शिक्षालाई ध्यान दिएको बताए । उनका अनुसार पछिल्लो समय अभिभावकहरुको प्रमुख रोजाइ बाल विद्या बनिरहेको छ । स्कूललाई अझै उत्कृष्ट शैक्षिक थलो बनाउन व्यवस्थापन लागि परेको उनले बताए ।

उक्त अवसरमा सम्पूर्ण अभिभावकहरुको तर्फबाट बोल्दै अभिभावक पुष्पराज हमालले घर विद्यार्थीहरुको पहिलो विद्यालय भएपनि स्कूल उनीहरुको लागि सिकाइको थलो रहेको बताए । उनका अनुसार विद्यार्थी भनेका काँचो माटो हुन् । घरमा अभिभावक र विद्यालयमा शिक्षकले उनीहरुको रुची, आवश्यकता र चाहना अनुसार सिकाइको वातावरण तयार गरिदिनुपर्छ ।

‘मैले सुरुदेखि नै मेरा छोराछोरीलाई यहीँ पढाइरहेको छु । अहिलेपनि यहीँ पढ्छन् । यहाँको शैक्षिक तथा अन्य सम्पूर्ण वातावरण राम्रो भएका कारण अन्यत्र जाने बारे सोचेनौँ । यो स्कूल गुणस्तरीय शिक्षाको थलो हो । अब अतिरिक्त क्रियाकलाप र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ’ अभिभावक हमालले भने । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न पुरस्कारसमेत वितरण गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार